info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

यो वर्ष राधी विद्युतका लगानीकर्ताको हात खाली

By: Nepse Direct Feb 09, 2021

राधी विद्युत कम्पनी RADHI  0.25 %  400.00 ले अघिल्लो आर्थिक वर्ष २०७५/७६ बाट शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ ।

/

कम्पनी सञ्चालक समितिको माघ २६ गते सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले २०७७ फागुन १९ गते बिना लाभांश कम्पनीको साधारण बोलाउने निर्णय गरेको हो । सभामा वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण, र प्बन्धपत्र तथा नियमावली संसोधन गर्ने लगायतका प्रस्तावहरु रहेका छन् ।

सोही आवको साधारण सभा हुन नसकेकोले वार्षिक प्रतिवेदन नबुझाउँदा सोमबार मात्रै कम्पनीको नेप्सेमा शेयर कारोबार रोक्का भएको थियो । शेयर कारोबाररोक्का भएसँगै सञ्चालक समितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो ।

Mega Maya Bachat Khata