info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

सनराइज ब्लूचिप फण्डको इकाई विक्री खुला

By: Nepse Direct Mar 14, 2021
IPO

सनराइज क्यापिटल लिमिटेडले आजबाट सनराइज ब्लूचिप फण्डको इकाई विक्री खुला गरेको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये कोष प्रवर्धक सनराइज बैंकलाई १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाई सार्वजनिक निष्काशन गर्नेछ ।

इकाईको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म छिटोमा चैत्र ४ गतेसम्म र ढिलोमा चैत्र १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।

Mega Maya Bachat Khata