info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

एनएलजी इन्स्योरेन्सले स्थगित गरेको हकप्रद शेयर पुनः बिक्री खुला

By: Nepse Direct Jun 21, 2020

एनएलजी इन्स्योरेन्स   NLG  0.78 %  645.00 ले स्थगित गरेको हकप्रद शेयर निष्काशन तथा बिक्री पुनः खुला गर्ने भएको छ।

कम्पनीको १०ः६अनुपातमा प्रतिकित्ता  १०० रुपैंयाँ अंकित दरका ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद शेयरमा असार ९ गतेदेखि २५ गतेसम्म आवेदन दिन सकिनेछ।

हकप्रद निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले माघ २७ गतेदेखि बुकक्लोज गरेको थियो। यसर्थ माघ २६ गतेसम्म कायम शेयरधनीहरुले हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रदलाई इक्रा नेपालले औषत आधार जनाउने ‘इक्राएनपी आईपीओ ग्रेड थ्री’ रेटिङ प्रदान गरेको छ । कम्पनीको हकप्रदमा लक्ष्मी क्यापिटल लिमिटेड, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय, लक्ष्मी बैंकका शाखा कार्यालयहरु तथा आस्बा सदस्य सेवा लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि अनलाइन आवेदन दिन सकिन्छ ।

कम्पनीको विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । हाल ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापि रुपमा गरेको लकडाउनका कारण गत चैत ११ गतेदेखि निष्काशन तथा बिक्री स्थगित गरेको थियो। 

Mega Maya Bachat Khata
Companies in this article:
NLG NLGPO