info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

पठाओको स्पष्टीकरण : ट्याक्सीहरुमात्र आवद्ध हुने, सेवा शुल्क नेपाल सरकारले तोकेको ट्याक्सीको भाडा दररेट अनुसार नै

By: Nepse Direct Aug 13, 2019

पठाओ नेपाल प्रा.लि. ले गत शुक्रबारबाट सञ्चालन गरेको कार लाईट सेवाको सम्बन्धमा विभिन्न अनलाईनहरुमा आएको भ्रमपूर्ण समाचारहरुले यस कम्पनीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

हाल सम्म पठाओ संयन्त्रमा मोटरसाइकल राईड शेयरिङ्ग सेवा     मात्र प्रदान गर्दै आएको कम्पनीले गत २०७६ साउन २४ गते शुक्रबार देखि कार लाइट नामबाट कालो प्लेट भएका सार्वजानिक ट्याक्सीहरु पनि पठाओ एप्लिकेशनबाट सूचना प्रविधिसंयन्त्रमा आवद्ध भई ट्याक्सी सेवापनि पठाओ एप्लिकेशन मार्फत नै शुरु गरेको थियो । कम्पनीले यो सेवाको विशेषताहरु  निम्न बमोजिम रहेने बताएको छ। 

१) यो सेवा ट्याक्सीहरु मार्फत संचालन हुने सेवा हो । यस कम्पनीले चारपाङ्ग्रे निजी सवारी साधनहरु मार्फत सेवाहरु प्रदान गर्न लागेको कुरा नितान्त झुठो र कपोलकल्पित हो । 

२) यस सेवा अन्तर्गत आवद्ध ट्याक्सीहरुले प्रदान गर्ने सेवा बापत लिने भाडाको सम्बन्धमा बुकिङ्ग चार्ज बापत लिएको रु।१०० रकमको सम्बन्धमा सार्वजानिक रुपमा छलफल भएको पाइएकोले सोको बारेमा यस कम्पनीको ध्यानाकर्षण भएको र सो सम्बन्धमा स्पष्ट पारी उक्त रकम भित्र समावेश गरिएका खर्चहरुको फेहरिस्त सहित निम्नबमोजिम जानकारि गराउन चाहान्छौँ ।

क)  यो सेवा नेपाल सरकारले तोकेको ट्याक्सीको भाडा दररेट अनुसार नै संचालनमा रहेको छ ।

ख) सो बाहेक बुकिङ्ग चार्ज बापत रु.१०० लिइएको सम्बन्धमा निम्न कुराहरु समावेश गरिएको छ ।

  • नेपाल सरकारले ट्याक्सी सेवाको लागि शुरुको मिटर अन गर्दाको शुल्क रु.१४ 
  • ३ कि।मी सम्मको दुरीबाट ग्राहकलाई लिन जानुपर्दाको अतिरिक्त इन्धन र अन्य खर्च बापतको रकम
  • इन्टरनेट र फोनकल लगायतको खर्च तथा, ट्राफिक जाम तथा ग्राहक चाहना बमोजिम कुर्नुपर्ने अवधिको लागि लाग्ने वेटिङ्ग चार्ज बापत अवधिको लागि थप रु.१ प्रतिमिनेट 

३० हाल केहि चालकहरुले एप द्धारा निर्धारण भएभन्दा बढी भाडा लिएको गुनासो सुन्न आएको हुँदा र यदि यस्तो अवस्थामा भएको खण्डमा तत्कालै एप द्धारा वा फोनकल मार्फत हामिलाई जानकारी गराई सेवालाई अझ थप प्रभावकारी र सर्वसाधारणको हिन्तोमुख बनाउनका लागि सदाझैँ सहयोगको अपेक्षा गदछौँ ।

४० नेपाल सरकारका विभिन्न निकायहरुलाई यस्तो सेवा छुट्टै किसिमको र सूचना प्रविधीमा आधारित भएकोले यस्तो सेवा संचालन र व्यवस्थापन गर्नका लागि हालको कानूनी व्यवस्थामा थप तथा स्पष्ट कानूनी प्रावधान र संयन्त्र निर्माण समेतको लागि पहल गरि लिखित रुपमा जानकारि गराएको र हाल पनि नेपाल सरकारका सम्बन्धित निकायहरुलाई यसै विज्ञप्ति मार्फत पुनः आव्आन समेत गर्न चाहान्छौँ ।

तसर्थ,  पठाओले नेपालमा प्रविधिको प्रयोगबाट सर्वसाधारणको हितको लागि क्रान्तिकारी रुपमा सार्वजानिक सेवा सैचालनमा परिवर्तनशिल सोच राखेर सेवा प्रदान गर्दै आएको जनाएको छ र यसमा पठाओ एप्लिकेशन मार्फत आवद्ध भई सहयोग पुर्याउनुहुने सबै सर्वसाधारणहरुलाई धन्यवाद आभार प्रकट गरेको छ।

Shivam Cement