info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

मुक्तिनाथ विकास बैंक र सानिमा माई हाइड्रोपावरको मूल्य समायोजन

By: Nepse Direct Dec 28, 2020

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार मुक्तिनाथ विकास बैंक MNBBL  0.25 %  397.00 र सानिमा माई हाइड्रोपावर लिमिटेड SHPC  1.44 %  352.00 को बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले मुक्तिनाथ विकास बैंकको ११.२५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य ३४१ रुपैयाँ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात आइतवार कायम अन्तिम शेयरमूल्य ३७९ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो ।

त्यसैगरी, सानिमा माई हाइड्रोपावर लिमिटेडको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य ३०७ रुपैयाँ तोकेको छ । आइतवार कम्पनीको प्रतिकित्ता ३३८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

Mega Maya Bachat Khata
Companies in this article:
MNBBL MNBBLP SHPC