info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सुनको भाउ नेपाली इतिहासको सर्वाधिक उचाइमा, प्रतितोला कति ?

By: Nepse Direct Jun 28, 2020

यो साता कारोबारको पहिलो दिन आइतबार तोलामा ७०० रुपैयाँ बढ्दै सुनको भाउ नेपाली इतिहासको सर्वाधिक उचाइमा पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७०० रुपैयाँ बढ्दै प्रतितोला छापावाल सुन ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९० हजार ८६० रुपैयाँ कायम भएको छ। गत साता कारोबारको अन्तिम दिन सुनको भाउ तोलामै ५०० रुपैयाँको गिरावट आएको थियो। उक्त दिन प्रतितोला छापावाल सुन ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार १६० रुपैयाँमा कारोबार भएको थियो।

Fenegosida

यसैगरी आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ। योसँगै चाँदीको भाउ प्रतितोला ९४५ रुपैयाँ कायम भएको छ।

Mega Maya Bachat Khata