info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

प्राइम लाइफ इन्स्योरेन्सद्वारा १२. ५ प्रतिशत बोनस दिने घोषणा

By: Nepse Direct Mar 10, 2020

प्राइम लाइफ इन्स्योरेन्स PLIC  4.04 %  499.00 ले आर्थिक वर्ष २०७४/७५ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी २ अर्ब ७९ लाख ३९ हजार ३७५ रुपैयाँको १२.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि  ०.६५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  यसर्थ इन्स्योरेन्सले २५ करोड ९ लाख ९२ हजार ४२२ रुपैयाँ बराबरको बोनस शेयर र १ करोड ३२ लाख १० हजार १२८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्।

Dividend_PLIC

Dividend_PLIC

Mega Maya Bachat Khata
Companies in this article:
PLIC PLICPO