info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

खर्च बढेपछि स्वाभिमान लघुवित्तको नाफा घट्यो

By: Nepse Direct May 13, 2020

चालू आवको तेस्रो त्रैमासमा स्वाभिमान लघुवित्त वित्तीय संस्था SMFBS  9.47 %  2485.00 ले आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गरेको छ ।

  चालू आवको तेस्रो त्रैमासमा कम्पनीको नाफा १२ प्रतिशतले घटेर  १ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खर्चमा वृद्धि भएसँगै कम्पनीको नाफा घटेको हो । कम्पनीको सञ्चालन नाफा ३१ प्रतिशतले घटेर  १ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ । कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेपछि सञ्चालन नाफा घटेको हो । 

 ७ करोड ६७ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले जगेडा कोषमा  १ करोड ९० लाख रुपैयाँ सञ्चित गरेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीले  ३५ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन र  ५८ करोड ३१ लाख रुपैयाँ सापटी लिएर ९३ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 

लघुवित्तले  ५१ लाख ९८ हजार रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ । यो कर्जा गत आवको तेस्रो त्रैमासमा  ४ लाख ६५ हजार रुपैयाँ  उठाएको थियो । 

प्रतिशेयर आम्दानी  २२.०७ रुपैयाँ , मूल्य आम्दानी अनुपात ४०.३२, र प्रतिशेयर नेटवर्थ  १२४.८५ रुपैयाँ रहेको छ ।

Mega Maya Bachat Khata
Companies in this article: