info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

राधी विद्युत कम्पनीले हकप्रद शेयर निष्काशन गर्न

By: Nepse Direct May 31, 2021

राधी विद्युत कम्पनी लिमिटेड RADHI  0.25 %  400.00 ले हकप्रद शेयर निष्काशन गर्न लागेको छ ।

कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले हकप्रद  शेयर निष्कासन गर्ने निर्णय गरेको हो। कम्पनीले आगामी १५ औँ वार्षिक साधारणसभाबाट चुक्तापुँजीको १४७.५२ प्रतिशतले हुन आउने १  शेयर बजार नयाँ १.४७५२ शेयरको अनुपातमा हकप्रद निष्कासनको अजेन्डा अनुमोदन गर्ने निर्णय गरेको छ। कम्पनीले  कम्पनीले एक सय रुपैयाँ अंकित दरका ९५ लाख ३५ हजार ७ सय ६०.९९ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ। 

यो हकप्रद कम्पनीले हालै प्रस्ताव गरेको गत आर्थिक वर्षका लागि ३६.५ प्रतिशत बोनस शेयर वितरणपछि वृद्धि हुने चुक्तापुँजीको ६४ करोड ६४ लाख ४ हजार ६२२.५० रुपैयाँको १४७.५२ प्रतिशतबराबरको हुने कम्पनीले जनाएको छ। 

कम्पनीले आगामी वार्षिक साधारणसभाको मिति भने तय गरिसकेको छैन। कोरोना महामारीको स्थितिलाई ध्यानमा राखी यथाशीघ्र वार्षिक साधारणसभाको निर्णय गरिने कम्पनीले जनाएको छ। 

radhi

Mega Maya Bachat Khata
Companies in this article: