info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५० करोडको ऋणपत्र बिक्री गर्दै

By: Nepse Direct May 31, 2021

राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र आगामी जेठ २५ गतेबाट निष्कासन गर्ने भएको छ। 

बैंकको रु. १ हजार अंकित दरका कुल २५ लाख कित्ता भएको ‘८.५% आरबीबीएल डिबेन्चर, २०८३’ निष्कासन गर्न लागिएको हो। कुल कित्तामध्ये १५ लाख कित्ता व्यक्तिगत तबरबाट र बाँकी १० लाख कित्ता को सार्वजनिक निष्कासन गरिनेछ। 

यो ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतममा २ लाख ५० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन्। त्यस्तै सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ।

यस ऋणपत्रको निष्कासन बन्द छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गते हुनेछ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

६ वर्षे यो ऋणपत्रमा लगानीकर्ताले ८.५ प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ। लगानीकर्ताले अर्धवार्षिक रुपमा ब्याज पाउनेछन्। यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत वैशाख १६ गते निष्कासन गर्ने अनुमति दिएको थियो। 

Mega Maya Bachat Khata
Companies in this article: