info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सर्वोच्चको अन्तरीम आदेश, फर्कने भए नारायणदास मानन्धर प्राईम बैंक

By: Nepse Direct Aug 13, 2019

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल ईजलासले मंगलबार प्राईम बैंकका प्रमुख कार्यकारी नारायणदास मानन्धरको पक्षमा  अन्तरिम आदेश जारी गरेको छ। राष्ट्र बैंकको संसोधित परिपत्र पश्चात असन्तुष्ट बनेका  मानन्धरले राष्ट्र बैंक विरुद्ध मुद्धा हालेका थिए । 

राष्ट्र बैंकले जारी गरेको परिपत्रमा प्रमुख कार्यकारी र संचालकहरुलाई उमेर हद लगाई बैंकको जिम्मेवारी बहन गर्नबाट बाधा सिर्जना गर्ने खालको भएको भन्दै सर्कलरमार्फत भएको ब्यवस्था खारेजीको माग गर्दै उनले रीट हालेका हुन् । राष्ट्र बैंकले साउन २० गते सोमबार एकीकृत निर्देशन जारी गर्दै ६५ बर्ष उमेर पुरा भएको ब्यक्ति बैंकको कार्यकारी हुन नसक्ने र ६९ बर्ष पुरा गरेको ब्यक्ति बहाल रहन नसक्ने ब्यवस्था गरेको छ भने बैंकका संचालक हुन ७० बर्ष उमेर पुरा भएको ब्यक्ति बैंकको संचालक समितिमा बस्न नपाउने र ७४ बर्ष पुरा भएको ब्यक्ति पदमा बहाल नरहने व्यवस्था गरेको छ । 

सर्वाेच्चको अन्तरीम आदेश पश्चात  मानन्धरको गुमेको पद फिर्ता भएको छ, अदालतको यो निर्णय सँगै  ७० बर्ष उमेर पुरा भएका संचालकहरु पनि सर्वोच्च अदालत जाने सम्भावना बढेको छ ।

यस्तो छ सर्वोच्चको आदेश:-

prime1

prime2

Shivam Cement
Companies in this article: