info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

६० करोड रुपैयाँको आइपिओ निष्काशनका लागि सानिमा लाइफले धितोपत्र बोर्डमा दियो निवेदन

By: Nepse Direct May 23, 2021

सानिमा लाइफले प्राथमिक शेयर निष्काशनको अनुमतिका नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो ।  

कम्पनीको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिए पछि कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्न सक्नेछ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले रेटिङ गराइसकेको छ । केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार  मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ ।

Mega Maya Bachat Khata
Companies in this article: