info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

जनरल इन्स्योरेन्सले आईपिओ निष्काशन गर्न पायो अनुमति

By: Nepse Direct Sep 10, 2020
IPO

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई ३० लाख कित्ता साधारण शेयर  (आइपिओ)  निश्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

सर्वसाधारणका लागि जनरल इन्स्योरेन्स कम्पनीलाई प्राथमिक शेयर निष्कासनका लागि बिहीबार नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको हो । 

कम्पनीले प्रति शेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने छ । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

 जनरल इन्स्योरेन्स कम्पनीको अधिकृत पूँजी २ अर्ब, जारी पूँजी १ अर्व र चुक्ता पूँजी ७० करोड रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व पुग्नेछ । 

Mega Maya Bachat Khata
Companies in this article:
GIC