निर्धन उत्थान लघुवित्त वित्तीय संस्था NUBL 5.57 % 1726.00 ले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।
लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड ७१ लाख ९३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ४० करोड ४१ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको लघुवित्तको खुद नाफा ८५.८४ प्रतिशतले घटेको हो ।
संस्थाको सञ्चालन मुनाफा पनि घटेर ९ करोड ७ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष सोहि अवधिमा संस्थाको सञ्चालन मुनाफा ६३ करोड ९८ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको खराब कर्जा अनुपात उच्च रुपमा वृद्धि हुँदा खराब कर्जा नोक्सानी व्यवस्था रकम ह्वातै बढेकाले लघुवित्तको नाफामा उच्च गिरावट आएको हो । गत आवको यसै अवधिमा १.५३ बाट बढेर १५.१५ प्रतिशत पुगेको छ । खराब कर्जा बढेसँगै लघुवित्तले प्रोभिजनमा ८१ करोड २ लाख रुपैयाँ व्यवस्था गर्दा लघुवित्तको सञ्चालन नाफा ९ करोड ७ लाखमा सीमित भएको हो ।
पुससम्मा लघुवित्तले १४ अर्ब ७० करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन तथा ६ अर्ब ४७ करोड रुपैयाँ सापटीबाट २२ अर्ब ९४ करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट कम्पनीले १ अर्ब ३ करोड ९८ लाख ५५ हजार खुद ब्याज आम्दानी गरेको छ ।
चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी ७.६३ रुपैयाँमा खुम्चिएको छ । गत आवको यसै अवधिमा ५३.८९ रुपैयाँ रहेको थियो । जगेडा कोषमा २ अर्ब ८८ करोड ९३ लाख ४ हजार रुपैयाँ सञ्चित राखेको कम्पनीको प्रतिशेयर नेटवर्थ २९२.६२ रुपैयाँ छ । लघुवित्तको मूल्य आम्दानी अनुपात १७६.२५ गुणा पुगेको छ ।