info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सपोर्ट माइक्रोफाइनान्स मुनाफामा उल्लेख्य सुधार

By: Nepse Direct Feb 06, 2020

चालु आवको दोस्रो त्रैमासमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड  SMB ले ६३ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा माइक्रोफाइनान्सले ७ लाख १८ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो। कम्पनीको चुक्तापुँजी ६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष २ करोड १२ लाख रुपैयाँ रुपैयाँ सञ्चित छ ।

पुस मसान्तसम्ममा माइक्रोफाइनान्सले २ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत आवको तुलनामा ८२.७९ प्रतिशत बढेको हो। माइक्रोफाइनान्सको सञ्चालन मुनाफा ७८७.७३ प्रतिशतले  बढी १  करोड रुपैयाँ पुगेको छ। कम्पनीको वार्षिक प्रति सेयर आम्दानी (ईपिएस) २१.२६ रुपैयाँ रहेको छ भने मूल्य आम्दानि अनुपात ३२.३२  रहेको छ र  प्रति सेयर नेटवर्थ १३५.४१रहेको छ ।

Mega Maya Bachat Khata
Companies in this article:
SMB SMBPO