info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

सजिलो लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको समिटको नाफामा २८.०२ प्रतिशत वृद्धि

By: Nepse Direct Feb 10, 2020

चालु आवको दोस्रो त्रैमासमा समिट लघुवित्त बित्तिय संस्था लिमिटेड  SMFDB  9.56 %  1627.00 ले ३ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.०२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीको चुक्तापुँजी २१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष १३ करोड ७९ लाख रुपैयाँ  सञ्चित छ ।

पुस मसान्तसम्ममा बैंकले ८ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत आवको तुलनामा २४.७६ प्रतिशत बढी   हो। बैंकको सञ्चालन मुनाफा २८.१४ प्रतिशतले बढी ८ करोड ९९ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वार्षिक प्रति सेयर आम्दानी (ईपिएस) १५.८९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानि अनुपात ४१.२७ गुणा रहेको छ र  प्रति सेयर नेटवर्थ १६५.६८ रुपैयाँ रहेको छ ।

समिट लघुवित्त र सजिलो लघुवित्तले एक आपसमा गाभ्ने/गाभिने सम्झौता गरेका थिए। योसँगै नेप्सेले समिट लघुवित्तको शेयर कारोबार माघ २३ गतेदेखि रोक्का गरेको छ।

Mega Maya Bachat Khata
Companies in this article: