info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

कामना सेवाको नाफा १६२ प्रतिशतले बढ्यो

By: Nepse Direct Jan 18, 2021

कामना सेवा विकास बैंक लिमिटेड KSBBL  0.32 %  309.00 ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३९ करोड ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १६२.६२ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १४ करोड ८५ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । बैंकको वितरणयोग्य २७ करोड १९ लाख रहेको छ ।  

दोस्रो त्रैमासमा बैंकले ६८ करोड ८० लाख ८९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १९.८५ प्रतिशतले धेरै हाे । त्यसैगरी, दोस्रो त्रैमासमा बैंकले सञ्चालन मुनाफा पनि ६४.३२ प्रतिशतले बढाएर ३४ करोड ६९ लाख ५६ हजार रुपैयाँ पुर्याएकाे छ । 

बैंककाे गत वर्षको यसै अवधिमा १० लाख २४ हजार रुपैयाँ मात्र रहेको गैर सञ्चालन आम्दानी पनि यस वर्ष बढेर २१ करोड २ लाख ५४ हजार रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानी र सञ्चालन मुनाफा तथा गैर सञ्चालन आम्दानी बढेसँगै बैंककाे नाफा आकर्षक ढङ्गले बढ्न मद्दत पुगेकाे हाे ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी २ अर्ब ५४ करोड एक लाख ९५ हजार रुपैयाँ, जगेडा कोषमा ४९ करोड ५३ लाख १८ हजार रुपैयाँ रहेकाे छ । 

बैंकको खराब कर्जा १.३७ प्रतिशतबाट बढेर १.५९ प्रतिशत पुगेको छ भने प्रति शेयर आम्दानी ३०.७१ रहेको छ । त्यस्तै प्रति शेयर नेटवर्थ १३०.०९ रुपैयाँ, र मूल्य आम्दानी अनुपात ७.९८ गुणा, बेस रेट ९.०६ प्रतिशत, स्प्रेड दर ४.९९ प्रतिशत, कोषको लागत ६.४८ प्रतिशत, र सिसिडि ७७.१९ प्रतिशत रहेको छ । 

Mega Maya Bachat Khata
Companies in this article: