दोस्रो बजारमा कारोबार सुरु भएको तेस्रो दिन पनि एनआईसी एसिया लघुवित्त बित्तिय संस्थाको शेयारमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य कारोबार भएको ८ मिनेटमा सकरात्मक सर्किट लागेको हो ।
नेप्सेमा लघुवित्तको पहिलो कारोबार ३३१ रुपैयाँमा यसको कारोबार खुला भएको थियो । गत बिहिबार देखि दोस्रो बजारमा कारोबार सुरु गरेको यस लघुवित्तको आज कारोबार भएको तेस्रो दिन हो र तिन दिन नै शेयर मुल्य १० प्रतिशतको हाराहारीमा बढेर सकारात्मक सर्किट लागेको छ।
सोमवार शुरुमा ४०८ रुपैयाँमा खुला भएको उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर ४४० रुपैयाँ पुगेको छ ।