info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सिन्धु विकास बैंकको प्रस्तावित बोनस घट्यो, बोनस कति ?

By: Nepse Direct Mar 11, 2020

सिन्धु विकास बैंक   SINDU  1.57 %  125.00   को बोनस यसअघि प्रस्ताव गरेको भन्दा ०.०२८८ प्रतिशतले कम बोनस वितरण गर्ने भएको हो। बैंकको कूल लाभांश रकममा कुनै फरक नपरेपनि कर प्रयोजनका लागि यसअघि छुट्टाएको नगद लाभांश अपुग भएपछि बैंकले बोनसको दरलाई केही घटाएको हो।

बैंकको माघ १७ गते सम्पन्न १० औं वार्षिक साधारण सभाबाट ११.५१६९ प्रतिशत अर्थात् ५ करोड ७५ लाख ७२ हजार ६८२ रुपैयाँ बराबर बोनस  र कर प्रयोजनका लागि ०.५७५ प्रतिशत अर्थात् २८ लाख ७८ हजार रुपैयाँ बराबरको  नगद लाभांश पारित भएको थियो।

बैंकले यसअघि प्रस्ताव गरेको कूल लाभांशमध्ये नगद लाभांशको कर गणना गर्दा फरक १ लाख ४३ हजार ९३१. ७१ रुपैयाँ कम भएकाले राष्ट्र बैंकबाट कूल स्वीकृत लाभांश ६ करोड ४ लाख ५१ हजार ३१६. ३६ रुपैयाँबाट ३० लाख २२ हजार ५६५ दशमलव ८२ रुपैयाँ कर घटाई ११.४८५१ प्रतिशत बोनस शेयर मात्र वितरण गर्ने बैंकले स्पष्ट पारेको छ।

SINDU

Mega Maya Bachat Khata
Companies in this article: