info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

साना किसान लघुवित्तको नबिकेको हकप्रद फागुन २८ गतेदेखि लिलामीमा

By: Nepse Direct Mar 02, 2021

साना किसान विकास लघुवित्त वित्तीय संस्था SKBBL  1.45 %  1680.00 ले नबिकेको हकप्रद लिलामीद्वारा विक्री गर्ने भएको छ । 

कम्पनीले संस्थापक तर्फको ३ हजार ३६८ र सर्वसाधारण समूहको ९ हजार ७४ कित्ता हकप्रद शेयर फागुन २८ गतेदेखि विक्री गर्ने भएको हो । कम्पनीले मंसिर २५ गतेदेखि पुस ३० गतेसम्म हकप्रद निष्कासन गरेकोमा उक्त हकप्रद शेयरमा आवेदन नपरेकाले लिलामीद्वारा पुनः विक्री गर्न लागेको हो । उक्त हकप्रद खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले चैत १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

शेयरको न्यूनतम मूल्य प्रतिशेयर रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । आवेदकले न्यूनतम १०० कित्ता र सो भन्दा बढीको लागि १० ले भाग जाने संख्या र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सकिने जानकारी कम्पनीले गराएको छ ।

कम्पनीको विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

Mega Maya Bachat Khata
Companies in this article: