info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

समीट लघुवित्त ले लाभांश वितरण नगर्ने

By: Nepse Direct Feb 21, 2021

समीट लघुवित्त वित्तीय संस्था SMFDB  9.56 %  1627.00 ले लाभांश वितरण नगर्ने भएको छ। सजिलो लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रकृया सम्पन्न गरी एकिकृत कारोबार अघि बढाएको समीट लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश नदिने भएको छ ।

दुबै कम्पनीको गत आर्थिक वर्ष २०७६/७७ को छुट्टाछुट्टै वित्तीय विवरण प्रकासित गरी समीट लघुवित्त वित्तीय संस्थाको १२औं वार्षिक साधारण सभाका लागि नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेश गरेको जानकारी कम्पनीले दिएको छ । समीट र सजिलो लघुवित्त एक भई गत असोज ६ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन । 

बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय पनि गरेको छ। लघुवित्तले अघिल्लो आर्थिक वर्ष  २०७५/७६ मा सञ्चित मुनाफाबाट २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.११ प्रतिशत नगद गरि कुल २२.११ प्रतिशत लाभांश दिएको थियो । 

 

Mega Maya Bachat Khata
Companies in this article: