info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

प्रतिनीधि सभाको बैठकमा सांसदका सवालः बजार विस्तार गर्नुपर्ने देखि बन्द गर्नुपर्ने सम्म

By: Nepse Direct Mar 12, 2020

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरुले धितोपत्र बजार बन्द गर्नुपर्ने देखि विस्तार गर्नुपर्ने धारणा राखेका छन् ।

बिहिबार प्रतिनीधिसभाको बैठकमा सासंदहरुले  सेयर बजार सम्बन्धि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सेयर बजार उत्पादनमूलक नभएको बताएका छन् ।  उनले सेयर बजारले मान्छेलाई अल्छी बनाउने काम गरेको र यो उत्पादनमूलक पनि नभएकोले यसलाई  बन्द गर्नु पर्ने माग गरेका हुन् ।

‘कोठामा बसेर कारोबार गरिने सेयर बजारले व्यक्तिलाई अल्छी बनायो, यसलाई बन्द गरेर मान्छेलाई परिश्रम गर्नेमा जोड दिनुपर्छ, यो उत्पादनमुलक पनि भएन,’ उनले भने ।

त्यसैगरी, छलफलमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पूँजी बजारको सही परिचालनले देशको विकास गर्न सकिने भन्दै धितोपत्र बजारको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए ।उनले धितोपत्र सम्बन्धी विद्ययेकलाई समायनुकुल बनाउनुपर्ने बताउँदै सरकारले संविधानको भावना विपरित धितोपत्र सम्बन्धी विद्येयक प्रस्तु्त गरको आरोप समेत लगाए । 

सांसद गजेन्द्र बहादुर महतले शेयर बजारमा नाटकिय उतारचढाब भइरहने भएकाले नियामक निकाय चनाखो हुनुपर्ने बताए । शेयर बजारमा सेतो पैसा नहुँदा नाटकीय उतारचढाब गराएर सोझा साझा फसाउने काम भएको उनको भनाई थियो।

छलफलमा सहभागी हुँदै सांसद शेर बहादुर तामाङले शेयर बजारलाई अझै उदार र फराकिलो बनाउन ब्रोकर सेवा विस्तार गर्नुपर्ने बताए । शेयर बजारमा ५० ब्रोकरको सिन्डिकेट रहेको बताउँदै उनले बैंक तथा वित्तीय संस्थाहरुलाई पनि ब्रोकर लाइसेन्स दिनुपर्नेमा जोड दिए। । उनले शेयर बजारको पहुँच विस्तार गर्न नेपालमा गरिएको लगानी नेपालमै रहनेगरी गैर-आवसीय नेपालीलाई समेत शेयर बजारमा भित्र्याउनुपर्ने सुझाब दिए।

बुधबार उकालो लागेको बजार बिहीबार काराेबार शुरू भएदेखि निरन्तर घटेको छ । १४२४ अंकदेखि कारोबार शुरु भएको बजार निरन्तर ओरालो छ । कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।

Mega Maya Bachat Khata