समिट लघुवित्त वित्तीय संस्था SMFDB 9.56 % 1627.00 को शेयर कारोबार मंगलवारदेखि फुकुवा भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले सूचना जारी गर्दै मर्जर प्रक्रिया प्रयोजनका लागि रोक्का गरिएको उक्त कम्पनीको दोश्रो बजार कारोबार फुकुवा भएको बताएको छ । सजिलो लघुवित्त र समिट लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा गएपछि नेप्सेले समिट लघुवित्तको शेयर कारोबार रोक्का गरेको थियो ।
एक बराबर एकको अनुपातमा मर्जरमा गएका समीट र सजिलो लघुवित्तले गत असोज ६ गतेदेखि एकीकृत वित्तीय कारोबार सुरु गरेका थिए । दुई संस्था मर्ज भएर समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबाबार सुरु भएको थियो । मर्जर पछि बनेको लघुवित्तको केन्द्रीय कार्यालय गोरखा नगरपालिका वडा नं. १३ मझुवा देउरालीमा कायम भएको छ ।