info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विपन्न परिवारलाई चामल, दाल र नुन बढ्दै

By: Nepse Direct Mar 26, 2020

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई ‘लकडाउन’ अवधिमा चामल, दाल र नुन बाँड्ने निर्णय गरेको छ ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण देशव्यापी ‘लकडाउन’ भएकाले मजदुरी गर्न नपाउंदा छाक टार्नै समस्या हुने परिवारका लागि तत्काल प्रतिपरिवार १० किलो चामल, दुई किलो दाल र एक किलो नुन घरमै पुर्‍याइदिने गरी नगरपालिकाले बिहीबार बिहान निर्णय गरेको हो ।

‘नगरका १७ वटै वडामा करिब ८ सय अति विपन्न परिवार रहेका छन् र सम्बन्धित वडाअध्यक्षले सिफारिस गर्नेवित्तिकै नगरपालिकाले आफ्नै ट्रकबाट घर–घरमै खाद्यान्न पुर्‍याइदिने छ ', नगरप्रमुख बासुदेव घिमिरेले बताए  ।

Mega Maya Bachat Khata