info@investingnepal.com
+977 4417635
Contact Us
Prabhu Pay

इन्भेस्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

By: Nepse Direct Feb 02, 2021

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड NIB  0.00 %  456.00 ले सात वर्षे अवधिको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेऋणपत्रमा आवेदन दिने समय थप गरिएको छ।

बैंकले गत माघ १६ गतेदेखि ४ अर्ब रुपैयाँबराबरको ‘नेपाल इन्भेस्टमेन्ट बैंक बन्ड–२०८४ नामक निष्कासन गरेको छ ऋणपत्रमा आज मागअनुसार आवेदन नपरेपछि माघ ३० गतेसम्मका आवेदन दिने समय थप गरिएको धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ। सो ऋणपत्रको ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुने बताइएको छ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० इकाइ ऋण निष्कासन गरेको छ। जसमा २४ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ र बााकी १६ लाख इकाइमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताहरुले न्यूनतम २५ इकाइदेखि अधिकतममा २ लाख ५० हजार इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। यो ऋणपत्रमा सि–आस्बाका माध्यमबाट आवेदन दिन सकिन्छ। 

Mega Maya Bachat Khata
Companies in this article:
NIB NIBPO